नियम ७क
सर्भर राख्नु पर्ने
(१) ओ.टि.टि. प्रसारण सेवा सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले नेपाल भित्रबाट कसैलाई सदस्य वा ग्राहक बनाउने भएमा वा नेपालभित्रबाट कुनै किसिमले कुनै शुल्क प्राप्त गर्ने भएमा नेपालभित्रै क्यास सर्भरको व्यवस्था गर्नु पर्नेछ।
(२) ओ.टि.टि. प्रसारण सेवा सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले उपलब्ध गराएका कार्यक्रम नेपालभित्रबाट उपभोग गर्न चाहने उपभोक्तालाई त्यस्तो संस्था वा व्यक्तिले नेपालभित्रको सर्भरमा रजिष्ट्रेशन गर्न लगाई (युजर बनाई) मात्र प्रसारण गर्ने सामग्रीमा पहुँच दिनु पर्नेछ र हरेक उपभोक्ताको विवरण अद्यावधिक गरी नेपालभित्रकै सर्भरमा राख्नु पर्ने व्यवस्था समेत गर्नु पर्नेछ।
(३) ओ.टि.टि. प्रसारण सेवा सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्था र उपभोक्ताबीच भएको हरेक कारोबारको लेखा ग्राहक व्यवस्थापन प्रणाली सर्भरमा सुरक्षित राख्नु पर्नेछ।
(४) ओ.टि.टिः प्रसारण सेवा सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले यस नियम बमोजिमको सर्भर नराखेमा मन्त्रालयले“इजाजतपत्र रद्द गर्नेछ।